भक्तपुरको दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ स्थित दुईपोखरी (निगु पुखुः) मा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

आइतबार दिउँसो पोखरीमा डुबेर स्थानीय अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीले बताए ।

केसीका अनुसार घाम ताप्ने क्रममा तुइलाल पोखरीमा खसेको र तत्कालै कसैले नदेखेकाले उनको मत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार