मुख्यमन्त्रीमा दाबी पेश गर्न नाउपाका कैलाश चौधरी पनि प्रदेश प्रमुख कार्यालयमा

नागरिक उन्मुक्ति पार्टी नाउपाका कैलाश चौधरी पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नाउपाका ६ सहित नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्र १० र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत नेकपा एकीकृत समाजावादी कांग्रेससँग मिलेर नाउपाकै लक्ष्मणकिशोरलाई पनि समर्थन गरेको छ ।

त्यसैले एमालेसँगको गठबन्धनबाट अहिलेसम्म एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षर छैन ।

केन्द्रबाट सोडारीलाई निर्देशन आइसकेकोले उनी प्रदेश प्रमुखको कार्यालयमै उपस्थित भएर कैलाश चौधरीलाई समर्थन गर्ने दाबी यस गठबन्धन पक्षधरको छ ।

कैलाश नाउपाको रञ्जिता समूहका हुन् । यसअघि नाउपाकै रेशम समूहका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा दाबी गरिसकेका छन् ।

नाउपाका चौधरीले गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार