कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताएका हुन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बिचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको बताए ।

उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए । उनले संसद् पुराना अनुभव लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताए । नेपाली कांग्रेसले संयमित ढङ्गले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए ।

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए । उनले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयक पारित गर्न नसकेको पनि जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार