जितबहादुरलाई जिताउन झलनाथ बने इलाम-२ को चुनावी कमाण्डर

नेकपा (एकीकृत समाजवादी) ले इलाम–२ को आसन्न उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई सघाउन सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई चुनावी कमाण्डर बनाएको छ ।

चुनावमा सम्बन्धित जिल्लाका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित खनाललाई इलाम–२ पठाइएको हो । एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राईलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी, बझाङ–१ (क) मा हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा (एस) ले पार्टी सचिव गरिमा शाहलाई चुनावी कमाण्डर तोकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार