धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम केसीले बताए ।

घाइते ८ जनाको जिल्ला अस्पताल धादिङमा उपचार हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार