धनुषामा गहुँ खेतमा महिलाको शव भेटियो

धनुषाको हंसपुरकी एक महिलाको हत्या भएको अवस्थामा शव भेटिएको छ। हंसपुर नगरपालिका( ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव धनुषाकै सहीदनगरमा भेटिएको हो।

धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी ९माइती० गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा भेटिएको हो ।

शव फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवेनेश्वर तिवारी आफैँ घटनास्थलमा पुगेका छन्।

‘एसपी साप आफैँ अनुसन्धानमा खटिनु भएको छ। शव अहिले घटनास्थलमै छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रन्जन अवाले भने, ‘मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित केही बेरअघि एसपी सापको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।’

मण्डलको शरीरका विभिन्न भागमा गहिरो घाउचोट देखिएको छ। कुकुरले सुरुमा शव हेरेपछि मात्रै थप अनुसन्धान प्रक्रिया अघि बढाइने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार