मधेसमा जुडशीतल पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । जुडशीतल पर्वको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्। आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार