सिंहदरबारमा गठबन्धनको बैठक जारी, माधव नेपाल अनुपस्थित

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी छन् ।

केहीबेर अघि सुरु भएको उक्त बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित छन् । बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भएको बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार