आज विदेशी मुद्राहरुको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ । अर्थात् शनिबार कायम मूल्य ने आज पनि कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार