एमाले सचिवालय बैठक बस्दै, यी तीन विषयमा छलफल हुने

नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको गौतमले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक वैशाख ८ र ९ गते बस्नेछ । उक्त बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने बताइएको छ ।

बैठकमा नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने एमालेले जनाएको छ ।

यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार