दीपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन्। शनिबार एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतारविरुद्ध २ सय १० रन हानेको छ। सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका हुन्।

यसअघि उनले मंगोलिविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए। एकै ओभरमा भने यो पहिलोपटक हो।

२१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार