रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

सरकारले युद्धरत देश रुस र युक्रेनमा जान चाने नेपालीहरूलाई श्रम स्वीकृति नदिने भएको छ ।

शुक्रबार एक सूचनामार्फत श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय भएको जनाएको छ ।

युद्धरत देशका सेनामा सहभागी हुन सक्ने सम्भावना रहेकाले तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

“…सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेन जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार