कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् ।

बैंकले एक विज्ञप्ति जारी गर्दै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिदा ०।२५ प्रतिशत छुटसमेत दिने भएको छ ।

कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुन कुनाबाट पनि तुरुन्तै लिन सकिने बताइएको छ ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको पनि जानकारी गराइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार