संवाद श्रृंखला चलाउँदै ह्याम्स अस्पताल

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले संवाद श्रृंखला–१’ सञ्चालन गर्ने भएको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा ह्याम्सले शुक्रबार स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको हो ।

बिहान १०ः३० बजेदेखि होटेल अकामा, धुम्वाराहीमा हुने कार्यक्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरूको बारेमा बृहत् छलफल तथा बहस हुने ह्याम्सले जनाएको छ । कार्यक्रममा भेप/ई–सिगरेट बढ्दो गम्भीर स्वास्थ्य चुनौती र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू विषयमा दुई सत्रमा छलफल हुनेछ ।

छलफलमा विज्ञ, सरोकारवाला निकाय, प्रतिनिधिसभा सांसदहरू सहभागी हुनेछन् । छलफलले यी समस्या समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्य राखिएको छ ।

संवाद कार्यक्रमबाट आएका सुझावहरू लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेस गरिने अस्पतालले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार