भारतको नैनीतालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामाजिप दुर्घटना हुँदा सात नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु सोमबार राति नैनितालको बेतालघाट नजिकै घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । गाडी सडकबाट १५० मिटर तल खसेको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् । दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन् ।

उनीहरु भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार