ह्वाट्सएपले म्यासेज लक गर्न मिल्ने फिचर विस्तार गर्दै

मोबाइल एपमा म्यासेज लक गर्न मिल्ने फिचर ह्वाट्सएपले लिंक्ड डिभाइसमा पनि उपलब्ध गराउने भएको छ ।

ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट चलिरहेका सबै उपकरणमा सुरक्षा बढाउन यो फिचर थप्ने भएको हो । प्रयोगकर्ताले आफ्नो मुख्य उपकरण (खासगरी मोबाइल)मा च्याट लक गर्न प्रयोग गरेको गोप्य कोड नै लिंक गरिएका उपकरण (विशेषतः कम्प्युटर)मा पनि प्रयोग गर्नसक्नेछन् ।

फिचर कहिले सार्वजनिक हुन्छ भन्ने मिति भने कम्पनीले तोकिसकेको छैन । हाल ह्वाट्सएपको मोबाइल एपमा कुनै पनि व्यक्तिसँगको च्याट बक्समा क्लिक गरेपछि सेभ गरिएको नाम वा नम्बरमा क्लिक गरेर स्क्रोल गरी च्याट लक फिचर अन वा अफ गर्न सकिन्छ । यो फिचर बायोमेट्रिक वा फिंगर लक उपलब्ध भएका फोनहरूमा मात्रै उपलब्ध छ ।

यस्तै, प्रयोगकर्ताले ह्वाट्सएप स्टाट्समा आफ्ना कन्टेक्टहरूलाई ट्याग गर्न सकिने फिचर पनि ल्याएको छ । मेटाको म्यासेजिङ एप ह्वाट्सएपले निरन्तर नयाँ नयाँ फिचरमा काम गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार