कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो । त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिएका थिए । साथमा नेता धर्मेन्द्र बास्तोला पनि छन् । यसअघि विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेका थिए ।

केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको हो । ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार