प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्ने भएको हो । संसद अधिवेशन बोलाउनेबारे आज राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको तयारी छ।

गत सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले सात दिनभित्र संसद बैठक बोलाउन भनेको थियो।

मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार