लगातार बढेको सुनको मूल्यमा आज लाग्यो ब्रेक, तोलाको एक हजार तीन सयले घट्यो

स्थानीय बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लाग्दै एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ६ सय १५ रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार