पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो ।
बुधबार राति १२ बजेदेखि लागू हुने पहिले कायम मूल्यबाट पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक रूपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले लागत बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै जानुपरेको निगमको भनाइ छ।

निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार