विपक्षीको विरोधका बीच गण्डकीमा बजेट पास (भिडियो)

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच आगामी वर्षको बजेट पारित भएको छ ।

बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका थिए ।

पर्याप्त छलफल विना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । एमालेका सांसदहरूले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर पोखरेलले अवरोधकै बिच बजेट पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

मार्सल लगाएर बजेट पास गराउन खोजेका भन्दै एमाले सांसदहरूले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरू बाहिरिए पनि सभामुखले सदन अघि बढाउँदै बैठकमा निर्णयार्थ पेस भएको विनियोजन विधेयक पास गरिएको हो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागी स्थगित गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार