१० लाख धरौटी बुझाएर रिहा भए गच्छदार

ललिता निवासको जग्गा प्रकरणमा मछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारलाई विशेष अदालतले धरौटीमा छोडेको छ । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

गच्छदारले सो धरौटी रकम बुझाए तारेखमा राख्ने र नबुझाए नियमअनुसार कैद गर्न अदालतले भनेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

बिहान १० बजे उनी विशेष अदालतमा हाजिर भएर बयान दिएका थिए । गच्छदारलाई अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले १० लाख धरौटीमा छोडेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार