टर्कीको एक क्लबमा आगलागी,  कम्तीमा २९ जनाको मृत्यु

टर्कीको इस्तानबुलमा रहेको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

इस्तानबुलको एक भवनको तहखानेमा रहेको उक्त क्लब मर्मतकै क्रममा थियो । इस्तानबुलका गभर्नर दावुत गुलले आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने व्यक्ति रहेको बताए ।

सञ्चारमाध्यमसँग कुरा गर्दै गभर्नर गुलले आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको बताए ।

बीबीसीका अनुसार यस विषयमा अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । इस्तानबुलका मेयरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार