स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु, युवती गम्भीर घाइते

नवलपुर। पूर्वी नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्।

ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छन्। उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार