माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्‍वर जाँदै

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्दैछन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवा अपरान्ह ५ बजेपछि नेपाललाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।

देउवा एमाले नेता नेपाल पक्ष, माओवादी केन्द्र र जसपा (यादव(भट्टराई) पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका थिए । नेपाल पक्षका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार