नेपालमा बुधबार थप २ हजार ९०५ जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप २ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १३ हजार २४ वटा नमुनाको परिक्षण गर्दा २ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ ।

त्यस्तै थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता डा. पौडेलका अनुसार हालसम्म नेपालमा ९ हजार ४ सय ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ६०६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २४ हजार ७ सय ११ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये ४२५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा २९४ ललितपुरमा ६२ र भक्तपुरमा ६९ जना संक्रमित भेटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार