सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले परोपकारी संस्था रक्षा नेपाललाई सहयोग उपलब्ध गराएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको संस्थाले यौन शोषणमा परेका बालिका, महिला, तिनका छोराछोरी, बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग गर्दै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थालाई दैनिक उपभोग्य खाद्यान्नलगायत अन्य आवश्यक सामग्री संस्थालाई हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

बैंकले हाल १९० शाखा, १५२ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार