कुमारी बैंकद्वारा पाँच हजार चार सय नागरिकमाझ वित्तीय सचेतना कार्यक्रम सञ्चालन

कुमारी बैंकले ‘ग्लोबल मनी वीक २०२४ को १२औं संस्करणमा देशभरका विभिन्न स्थानका ५४०० नागरिक लक्षित वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता अभावमा अनौपचारिक वित्तीय संयन्त्रको सिकार हुनु पुगेका वा हुन सक्ने सबै  समुदायमा वित्तीय ज्ञान सम्प्रेषण गरिएको बैंकले जनाएको छ ।

बैंकले वित्तीय सचेतना कार्यक्रमअन्तर्ग वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीको प्रतिबद्धता कार्यक्रम, देशैभरि वित्तीय साक्षरताका आधारस्तम्भको प्रशिक्षण, वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागीलाई सपथ, बैंकको सामाजिक सन्जालमार्फत वित्तिय साक्षरतासम्बन्धी क्विज तथा जनचेतना विकासका सामग्री प्रसारण, देशभरि वर्षैभरि वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय कलाकारको अभिनयसहितको भिडियो शृंखला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको जनाएको छ ।

बैंकले साताव्यापी अवधिमा देशैभर रहेका आफ्ना शाखा कार्यालयबाट आयोजना गरेको १२३  वित्तीय साक्षरता प्रशिक्षणमा ५४ सय बढी विद्यार्थी, विभिन्न संघसंस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए ।

हाल बैंकले ३०२ शाखा, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार