अदालतले केजरीवाललाई १५ दिनका लागि हिरासतमा पठायो

भारतको राजधानी सहरसमेत रहेको दिल्ली प्रान्तीय सरकारको मदिरा नीति घोटाला आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।

ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको दाबी गरेको थियो । केजरीवलले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए ।

केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।

केजरीवालका वकील रमेश गुप्ताले अदालतसँग जेलमा के ३ वटा किता गीता, रामायण र नीरजा चौधरीको किताब ुहाऊ प्राइम मिनिस्टर्स डिसाइडु दिन माग गरेका छन् । यसअघि अदालतमा पेशीका क्रममा केजरीवालले सञ्चारमाध्यमसँग मोदीले गलत गरिरहेको बतएका थिए ।

सुनवाइका क्रममा केजरीवालकी पत्नी सुनिता, दिल्लीकी मन्त्री आतिशी, गोपाल राय र सौरभ भारद्वाज पनि अदालतमा उपस्थित थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार