यूएसए ओपन करातेमा एरिकालाई स्वर्ण र रजत पदक

नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छन् ।

१९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९-० ले पराजित गरेकी थिइन् ।

यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित भइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार