सुखद अन्त्यको लक्ष्यमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तेस्रो टी-२० खेल्दै

नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको आयरल्यान्डले शृंखलाको उपाधि जितिसकेको छ ।

आजको खेलमा पनि जित निकाले आयरल्यान्डले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

यसअघि नेपाल ‘ए’ र आयरल्यान्डबीचको ट्वान्टी–२० शृंखला गत बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार