महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरतासम्बन्धी विशेष भिडियो सार्वजनिक

महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरतासम्बन्धी विशेष भिडियो सार्वजनिक गरेको छ । बैंकले कर्जाबारे वित्तीय साक्षरतामूलक भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमार्फत बैंकबाट कर्जा लिँदा धेरै सम्भावनाहरू खुल्ने र सम्भावनाहरूसँगै ठूलो जिम्मेवारी पनि बेहोर्नुपर्ने बताइएको छ। बैंकबाट प्राप्त गरेको कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक रहेको र जुन उद्देश्यका लागि कर्जा लिइएको हो सोही कामका लागि मात्र प्रयोग गर्नुपर्ने उल्लेख छ ।

बैंकले समयमै कर्जा भुक्तानी गर्नू केबल जिम्मेवारी मात्र नभएर भविष्यका लागि एक कदम हो भन्दै कर्जाको किस्ता समयमै नतिर्दा जरिवाना लाग्ने र अर्को पटक कर्जा पाउने अवसर पनि कम हुने बताएको छ । समयमै किस्ता तिर्दा बैङ्कसँगको सम्बन्ध राम्रो बन्ने र आवश्यकताको समयमा बैंकले सहयोग गर्ने कुरा भिडियोमा भनिएको छ । बैंकले वित्तीय यात्रा संवृद्ध र सुरक्षित राख्नका लागि भविष्यमा कर्जा लिने बेला भनिएका कुराहरू ध्यानमा राख्न सबै कर्जावालहरूलाई अनुरोध गरेको छ ।

उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्दि हुने विश्वास बैंकले लिएको छ । आम जनमानसमा बैंकिङ सेवा र बैंकबाट लिईने कर्जाबारे जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियो प्रभावकारी हुने बैंकको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार