एनआईसी एसिया बैंकद्वारा घातक रोगको उपचार गर्न ग्राहकलाई १० लाख रुपैयाँ प्रदान

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई न्यू-सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकको दमक शाखामा न्यू-सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ खोलेका झापाको दमक–५ का ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई रकम हस्तान्तरण गरेको हो ।

साे बिमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको एनआईसीले जनाएको छ । बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा लिएको एनआईसी एसियाबाट हालसम्म ४ सय ८५ जनाभन्दा बढीले बीमा बापतको ३ करोड २० लाख बढी रुपैयाँ प्राप्त गरी सकेका छन् । बिमा बापतको रकम लिएपछि कटुवालले बैंकको नारा प्रति आफूलाई विश्वास लागेको बताए । साथै अप्ठ्यारोको बेला बैंकले दिएको सहयोग रकमले आफूलाई ठूलो राहत पुगेकोसमेत उनले बताए ।

एनआईसीले देशभरि ३ सय ५६ शाखा कार्यालय ४ सय ७१ एटीएम, ७० वटा विस्तारित काउण्टर तथा ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब २७ लाख ग्राहक रहेको बैंकको देशका दुर्गम क्षेत्रमासमेत शाखा सञ्चालनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार