लैङ्गिक समानता र महिला सशक्तीकरणप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धता

लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क ‘२४: नेतृत्वमा महिला सशक्तीकरण – समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणा व्यक्त गरेका थिए ।

समापन मन्तव्यका क्रममा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सक्रिय पहलहरूमार्फत आफ्ना महिला कर्मचारीहरूको व्यावसायिक विकास अभिवृद्धि गर्न बैंक प्रतिबद्ध रहेको बताए।

‘हामी महिलाहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा शसक्त बनाउन अनुकूल वातावरण प्रदान गर्नका लागि प्रयासरत छौँ,’ सीईओले भने, ‘मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थललाई बढावा दिने हाम्रो अटल प्रतिबद्धता उत्पीडन र भेदभावको लागि शून्य सहनशीलता कायम गर्ने नीतिहरू मार्फत स्पष्ट हुन्छ।’

हाल लक्ष्मी सनराइज बैंकमा ३६ प्रतिशत महिला कर्मचारी छन्। यो संख्या महानगरहरूमा ४५ प्रतिशतसम्म रहेको बैंकको दाबी छ। काठमाडौं उपत्यकामा बैंकका करिब ४० प्रतिशत शाखा प्रबन्धकहरू महिला छन् भने २५ प्रतिशत विभागको नेतृत्व महिला ले गरेका छन्।

सीईओ शाहले सुधारको लागि निरन्तर प्रयास गर्ने बैंकको प्रतिबद्धतामा जोड दिए। उनले संगठनको संरचनाभित्र विविधता, समतामूलक र समावेशीताको औपचारिक घोषणा समेत गरे।

सबै सहभागीहरूले सामूहिक रूपमा सिर्जना गरेको ‘आधुनिक मिथिला पेन्टिङ’ सार्वजनिक गर्दै कार्यक्रम समापन भयो । उक्त पेन्टिङलाई कार्यालयमा महत्त्वपूर्ण स्थान दिइने बताइएको छ। जुन लैङ्गिक समानतालाई अगाडि बढाउने र महिलाहरूलाई नेतृत्व पुर्याउन सशक्तीकरण गर्ने बैंकको पहल र अटल प्रतिबद्धताको प्रतीकका रुपमा रहने बताइएको छ।

बैंकले ‘स्पार्क ‘२४’कार्यक्रममार्फत एक वार्षिक परम्पराको सुरुवात भएको बताएको छ। कार्यक्रमले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने तथा सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैंकको प्रतिबद्धतालाई सुदृढ पारेको बैंकले विश्वास लिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार