एमाले स्थायी कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण भइसकेको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता तामाङले बताए ।

कार्यदलले आन्तरिक विवाद समाधान गर्नेगरी १० बुँदे सहमति गरिसकेकाले बैठकबाट सो सहमति अनुमोदन हुने पनि उनले बताए । कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई सहमतिको दस्ताबेज हस्तान्तरण गरिसकेका छन् । आज बस्ने बैठकमा पार्टी एकताको सन्देश दिन पनि सहमतिको दस्तावेज अनुमोदन हुने नेता तामाङले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार