एनिमेटेड सिनेमा ‘सलिना’को ट्रेलर सार्वजनिक 

चलचित्र ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रको कथा बुझाउने एनिमेटेड पात्र प्रस्तुत गरिएको छ ।

लिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको एनिमेसन प्रविधिबाट तयार यो चलचित्र अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रको सम्पूर्ण एनिमेसन नेपालमै गरिएको हो । यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म भएको बताइएको छ । चलचित्रको निर्देशन तेजसराज जोशीले गरेका छन् ।

चलचित्र बालबालिका लक्षित भए पनि सबैका लागि उपयुक्त रहेको निर्देशक जोशीले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार