सुदर्शन थापाको ‘रावायण’ तीजमा रिलिज हुने

सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म ‘रावायण’ को प्रदर्शन मिति तोकिएको छ । यो फिल्म आगामी वर्ष भदौ २१ गते तीजका अवसरमा रिलिज हुनेछ।

निर्देशक थापाले फागु पूर्णिमाको अवसरमा फिल्मको प्रदर्शन मितिम घोषणा गरेका हुन् ।

निर्देशक थापाका अनुसार यो फिल्म चैतका तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ । फिल्ममा सुदर्शनसहित अभिनेत्री पूजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने फिल्ममा शिवम् अधिकारीको कथा छ ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको अभिनय रहनेछ ।

सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन हुनेछ ।

फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार