ज्वाला संग्रौलासहित ४ जना धरौटीमा रिहा

समाजिक अभियन्ता भन्दै चर्चित बनेकी ज्वाला संग्रौला धरौटीमा छुटेकी छन् ।

अभद्र व्यवहार र जातीय विभेदको मुद्दामा पक्राउ परेका संग्रौलासहित चार जनालाई काठमाडौं जिल्ला अदालतले छाडेको हो । जिल्ला अदालत काठमाडौंले संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातिय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

असार ६ मा पक्राउ परेका संग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो । सो कसुरमा संग्रौलाका पति हिमाल प्रसाद उपाध्यायलाई अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार