प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको सपथ, नियुक्ति सच्चियो

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देउवाले सपथ लिएका हुन् । उनी मंगलबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सर्वोच्च अदालतले सोमबार संसद पुनस्र्थापनासँगै देउवालाई मंगलबार साँझसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही निर्णय अनुसार देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । साँझ ६ बजे सपथ ग्रहण गर्ने भनिएपनि राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री नियुक्ति गरिएको विज्ञप्तीमा भाषा नमिलेको भन्दै ढिला भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार