जापानबाट १६ लाख डोज खोप प्राप्त हुने

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख डोज नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकामा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार