सरकारमा जाने जसपाको निर्णय, केही दिनमा सहभागी हुने

जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले सरकारमा जाने निर्णय  गरेको छ ।  बालकुमारीमा सोमबार बसेको काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको जसपा नेता डम्बर खतिवडाले जानकारी दिए ।  तरनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जसपाले आज मन्त्रीको नाम नपठाउने भएको छ ।
पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए ।
पार्टीभित्रको विवादसङै उपेन्द्र पक्षमात्र पाँच दलीय गठबन्धनमा आबद्ध छ भने महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको एमालेलाई समर्थन गर्दै आएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार