माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्दै

नेकपा माओवादी केन्द्रले नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएका छन् ।

प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि दुईजनालाई सरकारमा पठाउने निर्णग गरेका हुन् । शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार