कोरोना अपडेट: थप २ हजार ३९८ जनामा संक्रमण, १२ जनाको मृत्यु

नेपालमा मंगलबार थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५८ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ६३९ र ३ हजार ९५४ एन्टीजेन परिक्षणका क्रममा ७५९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ४१२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ७८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २३ हजार १०५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३४ लाख ३० हजार २२२ वटा पिसिआर र २ लाख ४२ हजार ६२६ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार