ओलीले भने- जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा आयो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा आएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार छाड्नुअघि आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए ।

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’

सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने पनि बताएका छन् । सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार