राष्ट्रिय क्रिकेट टोली र टिम ‘ए’ले आयरल्यान्डसँग टी–२० खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्याण्डसँगको ८ खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले आयरल्याण्डसँग चैत्र ११ देखि २५ गतेसम्म टी–२० र एक दिवसीय खेल खेल्नेछ।

नेपाल भ्रमणमा रहँदा आयरल्याण्डले सिनियर टोलीसँग २ टी–२० खेल्नेछ। सो खेललाई जुनमा हुने आईसीसी टी–२० विश्वकपको रुपमा हेरिएको छ।

नेपालको सिनियर टोली र आयरल्याण्डबीचको पहिलो टी–२० आई खेल चैत्र ११ गते हुनेछ। दोस्रो खेल १२ गते हुने तालिका छ।

यस्तै ए टोलीसँग ओडीआई र टी–२० गरि ६ खेल खेल्नेछ। नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको पहिलो टी–२० खेल चैत १५ गते हुनेछ। दोस्रो खेल १६ गते र तेस्रो तथा अन्तिम खेल १७ गते हुनेछ।

तीन खेलको ओडीआईको पहिलो खेल चैत्र २१ गते हुनेछ। दोस्रो खेल २३ र अन्तिम खेल २५ गते हुनेछ तालिका छ।

यो खेलपछि नेपाली टोलीले गुजरातमा हुने गुजरात र बरोडासम्मिलित त्रिकोणात्मक सिरिज खेल्न भारत जाने तालिका छ।

गुजरात र बरोडासम्मिलित त्रिकोणात्मक सिरिज चैत्र १८ देखि २५ गतेसम्म खेल्नेछ। निकै व्यस्त तालिकामा रहेको नेपाली टोलीले सिरिज पछि एसीसी प्रिमियर कपका लागि ओमान जानेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार