‘महाजात्रा’ को ट्रेलर सार्वजनिक

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा बेरोजगारीदेखि कालो धनको विषयवस्तुलाई उठान गरिएको छ ।

कालो धन लुकाउन नेताहरुले बेरोजगार युवाहरूलाई कसरी प्रयोग गर्छन् भन्ने कुरा ट्रेलरमा समेटिएको छ । कमेडी संवादहरुले ट्रेलरलाई रोचक बनाएको छ ।

यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, हरिवंश आचार्य, शिशिर बाङ्देल, दिव्य देव, रविन्द्र झा, राजाराम पौडेल लगायतको अभिनय छ ।

प्रदीपकै लेखन रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्म फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार