नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन यूएसएआईडीले गर्‍यो करिब ११ अर्बको सहायता घोषणा

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँबराबरको सहायता घोषणा गरेको छ ।

विशेष गरी सीमान्तकृत युवा र प्रारम्भिक कक्षाका विद्यार्थीकेन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न यूएसएआईडीले आइतबार उक्त सहायता घोषणा गरेको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताए ।

यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उनको भनाइ छ । उनले भने, “नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको छ । यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्नेछन् र होनहार युवालाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन मद्दत गर्नेछन् ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार