त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने

त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा अंक बाँडिएको हो ।

अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो । नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्यो ।

त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् ।

नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार