भिनिसियसको दुई गोलले हारबाट बच्यो रियल

स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ ।

शनिबार राति भएको खेलमा २ गोलले पछि परिसकेको रियल फरवार्ड भिनिसियस जुनियरले गरेका २ गोलका कारण हारबाट बचेको हो ।

खेलको अन्त्यतिर १० खेलाडीमा सीमित रियल घरेलु टोली भ्यालेन्सियासँग २-२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

भ्यालेन्सियाका लागि ह्युगो डुरो र रोमन यारेमचुकले एकरएक गोल गरे । बराबरी भएसँगै शीर्षस्थानमा रहेको रियलले २७ खेलबाट ६६ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको र एक खेल कम खेलेको जिरोनाभन्दा रियल ७ अंकले अघि छ । यस्तै भ्यालेन्सियाले २६ खेलबाट ३७ अंक जाडेर नवौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार