फ्रेन्च लिगमा सावित्राको डेब्यु गोल

वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)मा व्यक्तिगत डेब्यु गोल गरेकी छन् ।

इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिबार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचिन् । वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी भण्डारीले त्यसको ५ मिनेट अर्थात् इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेकी थिइन् ।

सहयात्रीले विपक्षीबाट खोसेको बलमा पास पाएकी भण्डारीले काउन्टरमा गोल गरेकी थिइन् । त्यसैगरी उनले ८८ औं मिनेटमा पनि गोल गर्ने राम्रो अवसर बनाएकी थिइन्, तर त्यो गोलमा परिणत हुन भने सकेन । लिलविरुद्ध खेल २–० ले जितेपछि भण्डारीको क्लब ग्वेंगाम्प १६ खेलबाट १५ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार